२०८३ असार २ गते मङ्गलवार | 2026 June 16th Tuesday

सुनको मूल्य बढ्दा, ह्वात्तै घट्यो चाँदीको मूल्य

gold price

काठमाडौं। साताको तेस्रो दिन सुनको मूल्यमा सामान्य बढोत्तरी छ भने चाँदी घटेको छ। अघिल्लो दिनका तुलनामा सुन तोलामा ३ सय रुपैयाँ बढेको छ। चाँदी २५ रुपैयाँ घटेको छ। मंगलबार सुनको कारोबार मूल्य २ लाख ९८ हजार ५०० रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि आइतबारका तुलनामा सोमबार सुन तोलामा ५ हजार रुपैयाँले बढेको थियो भने चाँदी १ सय २० रुपैयाँ बढेको थियो। सोमबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९८ हजार २ सय थियो भने आइतबार २ लाख ९३ हजार २ सय रुपैयाँ थियो।

गत शुक्रबारका तुलनामा आइतबार तोलामा १ हजार २ सय रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको थियो। गत शुक्रबार तोलाको २ लाख ९२ हजार २ सय रुपैयाँ थियो। चाँदीको कारोबार मूल्यमा पनि उतारचढाव छ। मंगलबार कारोबार मूल्य तोलाको ४ हजार ९ सय ९० रुपैयाँ भएको छ। सोमबार तोलाको ५ हजार १५ र आइतबार ४ हजार ८ सय ९५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रति औंस ४३२०.५४ डलर र चाँदी ६९.४१ डलरले कारोबार भइरहेको छ। सोमबार सुन प्रति औंस ४३३०.९२ डलर र चाँदी ७०.५ डलर थियो।

 

प्रकाशित मिति : २०८३ असार २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस