२०८३ असार १५ गते सोमवार | 2026 June 29th Monday

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

gold price

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार ४ सय रुपैयाँले घटेर २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला ४ हजार ३२५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आइतबार बढेर ४ हजार ३१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति : २०८३ असार १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस