२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

आजपनि घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

gold price

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन चाँदीको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार आज सुन र चाँदी दुवैको मूल्य सामान्य घटेको छ ।
महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । यो मूल्य अघिल्लो दिनको तुुलनामा ६ सय रुपैयाँले कम हो ।

अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँमा भएको थियो । यस्तै आज १० ग्राम सुनको भाउ २ लाख ३७ हजार ७४० रुपैयाँ कायम भएको छ ।

यो दिन चाँदीको भाउ भने बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार २७० रुपैयाँमा सीमित बनेको छ ।

 

प्रकाशित मिति : २०८३ असार १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस