२०८३ असार २१ गते आइतवार | 2026 July 5th Sunday

नेपाली सेनामा प्रारम्भिक छनोट भएकी १९ वर्षीया सिर्जना सपनासँगै कर्णालीमै विलाइन्

रास्कोट । कालीकोट रास्कोट–२ सिप्खानाकी १९ वर्षीया सिर्जना खड्काको सपना नेपाली सेनामा भर्ती हुने थियो। कक्षा १२ सकेर उनले नेपाली सेनाको जवान पदका लागि फाराम भरेर प्रारम्भिक छनोट पनि पार गरेकी थिइन्। तयारीका लागि सुर्खेतमा बस्दै आएकी सिर्जना रोपाइँका बेला आमाबुवालाई सघाउन बिहीबार बिहान घर फर्किन निस्किइन्।

तर दैलेखको चामुण्डाबिन्द्रासैनी–७ सागेंताडा नजिक गाडी करिब ४ सय मिटर तल कर्णाली नदीमा खस्दा उनी बेपत्ता भइन्। दुर्घटनामा गाडीका अधिकांश यात्रु नदीको भेलमा हराए। सिर्जनासहित चालक, सहचालक अझै बेपत्ता छन् भने कालीकोटका जोखे तिरुवाको शव फेला परेको छ। सशस्त्र प्रहरीको गोताखोर टोलीले निरन्तर खोजी गरिरहेको छ तर नदीको तीव्र बहाव र धमिलो पानीका कारण कठिनाइ भएको छ। परिवार र गाउँलेहरू अझै पनि सिर्जना सकुशल भेटिने आशामा प्रतीक्षा गरिरहेका छन्।

 

प्रकाशित मिति : २०८३ असार २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस