काठमाडौं । पछिल्लो समय धार्मिक अभियान्ताका रुपमा चर्चित वेदीका केसीले चर्चित कथाबाचिका राधिका दासीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएकी छिन् । आफूसँग भएका प्रमाण बोकेर उनी विभाग पुगेको स्रोतको दावी छ । उजुरी दिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको बोर्ड अगाडी उभिएर फोटो खिचेकी छिन् ।
उक्त फोटोमा के छ खबर अमेरिका भन्ने क्याप्सन राखेर शोसल मिडियामा स्टोरी राखेकी छिन् । यसअछि वेदीकाले राधिका दासीको व्यक्तिगत कुरा आफूले नगरेको तर धर्म र कर्मसँग जोडिएर गरेको गैरकानूनी कुरा गरेको बताएकी थिइन् । सोही कुरा प्रमाणसहित प्रकाश सुवेदीको टेलिभिजन शो मा प्रस्तुत गरेको र उनका भाईले प्रसारण नगर्न अनुरोध गरेकाले आफूपनि नारी भएकाले उक्त क्लिप हटाउन सुवेदीलाई भनेको उनले खुलाएकी छिन् ।
तर पैसा खाएर बोलिसकेको विषय हटाएको आरोप लागेपछि वेदीका कानूनी उपचारपनि सँगै खोज्न विभाग पुगेकी हुन् । अर्थ मन्त्रालय अन्तर्गतको यो विभाग गैर कानूनी सम्पत्ति आर्जन वा सम्पत्ति लुकाएको विषयमा अनुशन्धान गर्ने शक्तिशाली निकाय हो । सम्पत्ति शुद्धीकरणको अभियोग फौजदारी अभियोग हो । यसमा पक्राउ नै गरेर अनुशन्धान गरिन्छ । दोषी देखिए विगोभन्दा दोब्बर जरिवाना, कठोर जेल सजाय हुन्छ ।

