काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेका विवेक मण्डलकोपनि काठमाडौंमा उपचारको क्रममा निधन भएको छ । गत शुक्रबार हेलिकप्टरबाट काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मण्डलको आज बिहान निधन भएको हो । यसअघि गणेश बिककोपनि यसरी नै निधन भएको थियो ।
शुक्रबार साँझ साढे ७ बजे कीर्तिपुरको बर्न अस्पताल पुर्याइएका मण्डको आईसीयूमा राखेर उपचार भइरहेको थियो । उनको आज निधन भएको कीर्तिपुर बर्न अस्पतालका मेडिकल डाइरेक्टर किरण नकर्मीले पुष्टि गरे । मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको थियो । २५ वर्षीय विवेकले शुक्रबार आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । उनी घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका थिए । शनिबार काठमाडौंको बुद्धनगरमा पनि एक जनाले आत्मदाह गरेका थिए । उनीपनि व्यवसायीपनि उपचारकै क्रममा छन् ।
जीवनभन्दा अर्को ठूलो केही छैन । क्रिपया यस्तो अप्रिय घटना बारे कसैले सोच्दापनि नसोचौं ।

