२०८३ साउन २ गते शनिवार | 2026 July 18th Saturday

प्रेमीसँग सल्किएपछि श्रीमानलाई दुधमा निद्राको औषधि दिएर विषालू सर्पलाई डसाएर हत्याको सत्यता यसरी खुल्यो

काठमाडौं । एउटा हृदयविदारक घटना बाहिर आएको छ । जहाँ एक महिलाले ड्राइभरसँगको प्रेम सम्बन्धका कारण आफ्नै पतिको हत्या गरिन् त्योपनि अकल्पनीय शैली अपनाइन् । उनले पतिलाई दूधमा निद्राको औषधि मिसाएर खुवाइन् र विषालु सर्पले डसाएर हत्या गरेको खुलेको छ ।

प्रहरीका अनुसार ती महिलाले करिब एक वर्षदेखि देशभर भएका पति हत्या घटनाहरूको गहिरो अध्ययन गरिरहेकी थिइन् । उनले इन्टरनेटमा ‘परफेक्ट क्राइम’ अर्थात् प्रमाण नछोडी अपराध गर्ने तरिकाबारे अधिक खोजी गरेकी थिइन् । साथै पुराना घटनाहरूमा प्रहरीले कसरी अपराधीलाई पक्राउ गर्‍यो भन्ने विषयमा पनि अध्ययन गरिरहेकी थिइन् । उनले पतिकोपनि हत्या गर्ने र आफूपनि कानूनी फन्दामा नपर्नेगरी तरिका खोजि गरिन् ।

खोजीका क्रममा उनले भारतको उनकै जिल्ला मेरठको सर्प काण्ड दोहोर्‍​​​​​​याउँदा सजिलो हुने देखिन् । तर यस पटक उनले र उनका प्रेमी तुषारले पुरानो घटना जुन प्रहरीले पत्ता लगाएको थियो त्यसमापनि केही फिक्सन लिएर प्रहरीलेपनि थाहा नपाउने बनाए । दामिनीले सन् २०१९ मा अतुलसँग प्रेम विवाह गरेकी थिइन् । सुरुका केही समय उनीहरूको वैवाहिक जीवन राम्रो चलिरहेको थियो । तर दामिनीका अनुसार विवाहको दुई वर्षपछि अतुलले उनलाई कुटपिट गर्न थाले र यातना दिन थाले । पतिको व्यवहारबाट आफू निकै पीडित भएको उनले बताएकी छन् । करिब एक वर्षअघि उनको तुषारसँग प्रेम सम्बन्ध सुरु भएको थियो ।

त्यसपछि उनीहरूले अतुललाई बाटोबाट हटाउने योजना बनाउन थालेको प्रहरी अनुसन्धानमा उल्लेख छ । मेरठको नीला ड्रम केस अर्थात् सौरभ हत्याकाण्डमा साहिल र मुस्कानले गरेको घटनालाई उनले सुरुदेखि अन्त्यसम्म हेरेकी थिइन् । त्यस्तै बहसुमा क्षेत्रमा भएको सर्प काण्ड, इन्दौरका राजा रघुवंशीलाई उनकी पत्नी सोनम राजवंशीले मेघालय लगेर हत्या गराएको घटनाबारे पनि उनले जानकारी लिएको बताइएको छ । यसैगरी पुणेमा केतनलाई उनकी मंगेतर सिया गोयलले प्रेमी चेतन चौधरीसँग मिलेर किल्लाबाट तल धकेलेर हत्या गरेको घटनाबारे पनि दामिनीलाई जानकारी रहेको अनुसन्धानमा खुलेको छ । तर उनले सर्पको टोकाइबाट हत्या गर्ने योजनामा प्रेमीको साथ लिइन् ।

विषालु सर्प खोज्ने जिम्मा प्रेमीले लिए । सपेराबाट विषालु सर्प ल्याएर घरको लोबेडमा लुकाइन् । दुधमा बेहोस हुने औषधि दिएर ओछ्यानमा सुताइन् । त्यसपछि उक्त विषालू सर्प छोडेर उनी अर्को कोठामा गएर सुतिन् । बिहान पतिको मृत्यु भइसकेको थियो । नजिकै साप थियो । त्यसपछि ढोका लगाएर छिमेकी, आफन्त र प्रहरी गुहारिन् । उनी चै त्यही बेडमा किन सुतिनन् भन्ने कोणबाट प्रहरीले अनुशन्धान गर्ने निश्कर्ष निकाल्यो । त्यसपछि उनी रोइकराई बिलौना गरेकोपनि त्यति नमिले जस्तो लागेपछि आफन्तहरुले अतुल पोष्टमार्टम गर्ने निर्णय लिए । पोष्टमार्टममा बेहोस हुने औषधि खाएको खुल्न आएपछि श्रीमतीलाई पक्रिएर प्रहरीले अनुशन्धान थाल्यो । पछि यो इतिबृत्तान्त खुल्यो । दामिनीले अपराध स्वीकार गरिन् ।

 

 

 

प्रकाशित मिति : २०८३ साउन २ गते शनिवार
प्रतिक्रिया दिनुहोस