२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

सुनको मूल्य तोलामा १८ सय घट्यो

gold price

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँ र चाँदीको ४५ रुपैयाँ घटेको हो ।

महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८५ हजार रुपैयाँ थियो । गत आइतबार सुनको भाउ २ लाख ८७ हजार १ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य अघिल्लो दिन ४ हजार ३६० रुपैयाँ रहेकोमा आज ४५ रुपैयाँ घटेसँगै ४ हजार ३१५ रुपैयाँमा झरेको छ । गत आइतबार चाँदीको भाउ ४ हजार ४१० रुपैयाँ थियो।

 

प्रकाशित मिति : २०८३ साउन १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस