२०८३ साउन २७ गते बुधवार | 2026 August 12th Wednesday

ह्वात्तै बढ्यो घट्यो सुनको मूल्य, चाँदी बढ्यो

gold price

काठमाडौं । अघिल्लो दिन प्रतितोला ४ हजार ८ सय रुपैयाँ बढेको सुनको मूल्य सोमबार जम्मा २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ७ सय रुपैयाँ थियो ।

विगत पाँच कारोबार दिनलाई हेर्दा सुनको मूल्य प्रतितोला १७ हजार ७ सय रुपैयाँ बढेको छ । गत मंगलबार सुनको भाउ प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ थियो । चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँ बढेको छ । हिजो ४ हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६७० रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित मिति : २०८३ साउन २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस