२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

कोलोम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु

काठमाडौं – कोलोम्बियामा शक्तिशाली ७.४ म्याग्नेच्युडको भूकम्प जाँदा कम्तिमा १११ जनाको मृत्यु भएको छ। भूकम्पको केन्द्रबिन्दु चोको प्रान्तको सान जोस डेल पालमार नजिकै रहेको भूगर्भीय सेवाले जनाएको छ।

धक्का पश्चिमी कोलोम्बियाका सयौं माइलसम्म महसुस गरिएको थियो। राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएलाले आपतकालीन अवस्था घोषणा गर्दै उद्धार तथा पुनर्निर्माणका लागि विशेष अधिकार प्रयोग गर्ने बताएका छन्।

सबैभन्दा ठूलो क्षति पेरेइरा सहरमा भएको छ, जहाँ भवन भत्किँदा धेरैजसो मृत्यु भएका छन्। मानिजालेस, क्विब्दो, मेडेलिन, चोको र भाये डेल काउका क्षेत्रमा पनि जनहानि भएको छ। भत्किएका संरचनामा अझै मानिस फसेको हुनसक्ने भएकाले मृतक संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०८३ साउन २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस