२०८३ साउन २७ गते बुधवार | 2026 August 12th Wednesday

बालेन सरकारको यो ठूलो निर्णयसँगै ओलीदेखि पृथ्वीसुब्बासम्म र त्यस अघिकापनि पर्नसक्छन् पक्राउ

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारको मन्त्रीपरिषद बैठकले पूर्व महालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा बनेको एनसेल सेयर खरिद–बिक्री छानबिन प्रतिवेदन २०८० सार्वजनिक गर्ने निर्णय गरेको छ । यस प्रकरणमा एनसेलका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित नौ जनाविरुद्ध प्रतिवेदन सार्वजनिक नहुँदै पक्राउ पुर्जी जारी भइसकेको छ ।

प्रतिवेदनमा तत्कालिन सरकारका प्रधानमन्त्री केपी शर्मा ओली, सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ सहित कयौं उच्च अधिकारीहरुलाई दोषी देखाइएको स्रोतले खुलाएको छ । अब आजको निर्णयसँगै प्रतिवेदन सिँधै कार्यन्वयनमा जानेछ । त्यसपछि उच्च अधिकारीहरुपनि पक्राउ पर्ने निश्चित छ ।

 

प्रकाशित मिति : २०८३ साउन २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस