काठमाडौं । बागमती अटो जिमखाना प्रिक्सको दोश्रो संस्करण आउँदो अगस्ट २९ (भाद्र १३ गते) आयोजना हुँदैछ । गत वर्षबाट बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा शुरु गरिएको सो इभेन्ट नेपाली मोटरस्पोर्टस्को एउटा ऐतिहासिक इभेन्टका रुपमा परिचित छ । जसको पहिलो संस्करणका विजयी आशीष भारती अन्तर्राष्ट्रिय रुपमा समेत नेपाली मोटरस्पोर्टस्को सर्वाधिक सफल खेलाडी बन्न सफल भएका छन् । एक्सट्रिम इनर्जिको मुख्य प्रायोजन तथा लिक्वी मोलि लुब्रिकेन्टसको प्रायोजन रहने यस संस्करण अक्सफोर्ड ड्राइभिङ्ग टे«निङ्ग सेन्टर, लोलाङ, तारकेश्वरमा हुनेछ ।
यस पटकको संकरणका विजयीले हङकङ या भारतमा हुने एसिया अटो–जिमखाना च्याम्पियनशिप (एएजिसि) मा सहभागिताको अवसर पाउनेछन् । उत्कृष्ट २ ड्राइभरलाई एएजिसिमा सहभागी हुन अवार्ड स्वरूप कुल ७५ हजार नगद एएजिसिका आयोजकद्घारा तथा खेल सामग्री र अन्य सहयोग एफआईए र बाग्मती प्रदेश खेलकुद परिषद्को सहयोगमा प्रदान गरिनेछ ।
कुल दुई लाख प्राइज पुल रहेको प्रिकसका विजेतालाई ट्रफिस, सर्टिफिकेट तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । प्रिक्सका सबै खेलाडीको खेल विमाको व्यवस्था, रेसिङ्ग सुट र टेक्निकल ट्रेनिङ नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) बाट उपलब्ध गराइनेछ । रु ९,९९९ दर्ता शुल्क रहेको यस प्रिक्समा जुनसुकै सिसिका कारमार्पmत भाग लिन सकिनेछ भने न्यूनतम १० जनाको रजिष्ट्रेशन भए महिलाको छुट्टै इभेन्ट हुनेछ ।
नासा नेपालको रेसिंग लाईसेन्स लिएका खेलाडिले फर्म भर्न सक्नेछन् भने रेसिंग लाईसेन्स नभएका तर अन्य आवस्यक प्रकिया पूरा गरेकालाई भने एक दिने लाईसेन्सिङ्ग कोर्स निःशुल्क उपलब्ध हुनेछ । लाइसेन्स नभएका तथा लाइसेन्स सस्पेन्ड भएकाले भने प्रिक्समा भाग लिन पाउने छैनन् । सहभागीहरू कुनै पनि संघ–सस्था या कर्पोरेट क्षेत्रबाट सहभागी हुनु पर्नेछ ।
कलात्मक रुपमा डिजायन गरिएको शर्ट सर्किटमा हुने जिमखाना स्पिड, टेक्निक र आर्टकोे संयोजन हुने खेल हो । जहाँ नासा नेपालले दक्ष मार्शल, टायमिङ्ग सिस्टम र सुरक्षाको व्यवस्थापन गरिनेछ । ड्राइभरको दक्षता र गाडीको कण्डिसन, चालकको पकड र खेलाडीको अनुशासन तथा ट्रयाक नेभिगेसन विजयको मुख्य आधार हुन् ।
कार्यक्रम व्यवस्थित रुपमा सञ्चालन गर्न यदुराज लामिछाने, आशिष रौनियार र अंकित भन्डारी रहेको कार्यदल गठन गरीएको छ । यो कार्यदलले यस बर्षको मोटरस्पोट्र्सको इभेन्ट र अन्तराष्ट्रिय सहभागिताको समेत व्यवस्थापन गर्नेछ । आगामी शुक्रबारसम्म दर्ता खुल्ला रहेको जानकारी आयोजक समुहमा जनाएको छ। नेपालमा मोटर र मोटरसाइकल, मरिन स्पोट्र्स र ड्रोन समेतको सम्पुर्ण इन्जिनियरिङ्ग र मेकानिकल स्पोर्टस्को राष्ट्रिय संघ नासा नेपालको वार्षिक क्यालेन्डर अन्तर्गत यस इभेन्ट रहेको छ ।
Registration Link: https://forms.gle/weSkJe6q6imxwZxC9

