काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले रसुवा र नुवाकोटका भोटेकाशी–त्रिशुलीसँगै साना नदीहरूमा आकस्मिक बाढीको उच्च सम्भावना रहेको चेतावनी जारी गरेको छ। भोटेकोशी र त्रिशूली नदीको बहाव हाल सतर्कता तहभन्दा तल रहे पनि मौसम र जलप्रवाहको अवस्थालाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाले भदौ १६ गतेको बुलेटिनमा उल्लेख गरेअनुसार यी दुई जिल्लाका साना नदीहरूको बहाव उल्लेख्य बढ्न सक्ने र आकस्मिक बाढी आउने सम्भावना उच्च रहेको छ। साथै ताप्लेजुङदेखि कञ्चनपुरसम्मका पहाडी र तराई जिल्लामा पनि मध्यम जोखिम देखिएको छ।
प्रकाशित मिति : २०८३ भाद्र १६ गते मङ्गलवार

