२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

सात दिनपछि सरकारले भन्यो सुरुङ उद्धार गर्न हामी सक्दैनौं आफैं गर

काठमाडौं – रसुवा–नुवाकोटमा बाढी गएको सातौं दिनसम्म पनि सुरुङभित्र फसेकाहरूको उद्धार गर्न नसकेपछि सरकारले अन्ततः आयोजना प्रवर्द्धक कम्पनीलाई प्राविधिक टोलीसहित उद्धारमा खटिन अनुमति दिएको छ। भदौ १० को बाढीले १२ जलविद्युत् आयोजनामा क्षति पुर्‍याउँदा ८९४ जना सम्पर्कविहीन बनेका छन्। माथिल्लो त्रिशूली–१ मा मात्रै ५७३ जना, रसुवागढीमा ९३ जना र अन्य आयोजनामा दर्जनौं कर्मचारी तथा श्रमिक अझै बेपत्ता छन्।

नेपाली सेनाले सात दिनसम्म प्रयास गर्दा पनि सुरुङभित्र उद्धार सफल नभएपछि अब आयोजनाका प्राविधिक टोली र उपकरण प्रयोग गरेर खोजी तथा उद्धार कार्य अघि बढाउने तयारी भएको छ।

प्रकाशित मिति : २०८३ भाद्र १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस