काठमाडौं । नेपाल २०१५ साल मंसिर २९ गते संयुक्त राष्ट्रसंघको सदस्य बन्यो । जतिबेला राजा महेन्द्रको शासन थियो । त्यतिबेला मन्त्रिपरिषद् अध्यक्ष सुवर्ण शमशेर थिए, तर वास्तविक शक्ति महेन्द्रसँगै थियो।
२०१६ जेठमा वीपी कोइराला प्रधानमन्त्री भए पनि महेन्द्रले पहिले नै अमेरिका भ्रमण गरिसकेका थिए। अमेरिकाले उनलाई दुर्लभ राजकीय सम्मान दियो । सिनेट र हाउसको संयुक्त बैठकमा सम्बोधन गर्ने अवसर दियो । सम्बोधन र सम्मान यस्तो दमदार थियो कि दुनियाँले नेपाल चिन्यो र नेपालको शक्ति बुझ्यो । सन् १९६७ मा राष्ट्रपति जोनसनले महेन्द्रलाई स्टेट भिजिटमा बोलाएर ‘गार्ड अफ अनर’सम्म दिए। महेन्द्रले मातृकाप्रसाद कोइरालालाई अमेरिका र राष्ट्रसंघको राजदूत बनाए । नेपालमा प्रधानमन्त्री भएर राजदूत हुने पहिलो व्यक्ति हुन् उनी । ऋषिकेश शाहले पनि वासिङटन र न्युयोर्क दुवै हेरे। अमेरिकासँगको सम्बन्ध गहिरो थियो ।
महेन्द्रलाई सत्ताबाट हटाउन खम्पा विद्रोहलाई नेपालमा अनुमति, गाउँ–गाउँमा पिसकोर स्वयंसेवक, भूमिसुधारमा दबाब ल्याए । अमेरिकाले नेपालमा महेन्द्रको शासन दिगो रहोस् भन्ने चाहना राख्यो । महेन्द्रलेपनि नागरिकले खोजे झै निर्णय गर्दै गए । आज पनि प्रधानमन्त्री र परराष्ट्रमन्त्री संयुक्त राष्ट्रसंघमा सँगै जानु ‘घुमाइ’ मात्र भएको आलोचना हुन्छ। इतिहासमा महेन्द्रको भ्रमणमा उपप्रधानमन्त्री सुवर्ण शमशेरलाई २० मिनेट बाहिरै राखिएको प्रसंग अझै चर्चित छ।
अब संयुक्त राष्ट्रसंघको महासभामा नेपालका इतिहासकै शक्तिशाली प्रधानमन्त्री बालेन शाह जाँदैछन् । जलवायु न्यायको मुद्दाले संसारको ध्यान तान्ने देखिन्छ । बालेनलाई अमेरिका र यूएनलेपनि त्यति नै महत्वका साथ हेरेको बुझिएको छ । उनी त्यहाँ पुग्दा विशेष स्थान र सम्मान दिन, बालेनलेपनि देशका लागि बलियो रुपमा आवाज निकाल्ने योजना रहेको स्रोतको दावी छ ।

