२०८३ भाद्र २१ गते आइतवार | 2026 September 6th Sunday

ग्यास अभाव नहुने निगमको दाबी, यसरी भयो व्यवस्थापन

काठमाडौं। धादिङको कृष्णभिरमा पहिरोले सडक अवरुद्ध भए पनि वैकल्पिक मार्ग हुँदै पछिल्लो तीन दिनमा उपत्यकामा झन्डै ८८ हजार एलपी ग्यास सिलिन्डर भित्रिएको छ। नेपाल आयल निगमका अनुसार १८ भदौमा २४ हजार ४९४, १९ मा ३४ हजार १३४ र २० मा २९ हजार २४९ सिलिन्डर काठमाडौं आइपुगे।

निगमले तराईका उद्योगमा रिफिल गरेर वैकल्पिक बाटोमार्ग प्रयोग गरेको स्पष्ट पारेको छ। श्री, सूर्य, ओम, श्रीराम, सगर, साईबाबा, श्रीमाया, लोकप्रिय, एभरेस्ट, नेपाल, एचपी, एसटीसी, सिद्धार्थ, हिमाल, सीताश्री र नमस्ते ब्रान्डका ग्यास निरन्तर भित्रिरहेका छन्।

सडक नियमित सञ्चालनमा नआउँदासम्म यही प्रक्रिया अनुसार आपूर्ति र बिक्री वितरण जारी रहने निगमको भनाइ छ। निगमले अभाव नहुने दाबी गर्दै उपभोक्तालाई सहज आपूर्ति हुने आश्वासन दिएको छ।

प्रकाशित मिति : २०८३ भाद्र २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस