२०८३ भाद्र २३ गते मङ्गलवार | 2026 September 8th Tuesday

विपत्तिमा समेत विदेशी मिडियामा देशको बेइज्जत हुनेगरी बोलेको भन्दै ओली र एमाले बहिष्कारको नारा सर्वत्र

काठमाडौं। भारतीय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा सरकारलाई असफल देखाउने अभिव्यक्ति दिएका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि देशभर आलोचना चर्किएको छ। सांसददेखि सर्वसाधारणसम्मले विपद्को घडीमा विदेशी मिडियामा देशलाई नाङ्गो बनाउन खोजेको भन्दै आक्रोश पोखेका छन्।

सामाजिक सञ्जालमा ओली र एमाले बहिष्कारको नारा समेत चलेको छ। आलोचकहरूले भने– “पूर्वप्रधानमन्त्रीले देशको हितमा बोल्नुपर्ने थियो, अनुदान र सहयोगको अपिल गर्नुपर्ने थियो, तर उनले उद्धारमा खटिएका व्यक्तिहरूको मनोबल घटाउने कुरा गरे।”

ओली सत्ता–कुर्सी नपाए देश र जनताको बारेमा केही नसोच्ने नेता भएको आरोप लगाइएको छ। ७० नाघेपछि उमेर सीमा हटाएर कुर्सीमा बसिरहन खोजेको, अधिवेशन पनि नाम मात्रको भएको आलोचना गरिएको छ।

उनलाई नेता मान्ने केही समूहबाहेक असल व्यक्ति नभएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ। यस घटनाले एमालेभित्र मात्र होइन, समग्र राजनीतिक वृत्तमै तरंग ल्याएको छ।

 

प्रकाशित मिति : २०८३ भाद्र २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस