२०८३ भाद्र २३ गते मङ्गलवार | 2026 September 8th Tuesday

यो दुःखको भारीमा तपाईंहरू एक्लै नठान्नुहोला भन्दै अस्ट्रेलियाली प्रधानमन्त्रीबाट नेपालीलाई भावुक सन्देश

काठमाडौं। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा भोटेकोशी बाढीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालीलाई ऐक्यबद्धताको सन्देश दिएका छन्।

अस्ट्रेलियाली संसदमा सम्बोधन गर्दै उनले भने– “आज नेपालले राष्ट्रिय शोक मनाइरहेको छ, यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न।”

बाढीमा ३६ जना अस्ट्रेलियाली नागरिक बेपत्ता भएको उल्लेख गर्दै उनले हरेक दिन बेपत्ताहरू भेटिनु चमत्कारजस्तै भएको बताए।
नेपाल एक्लै नभएको भन्दै उनले आवश्यक सहयोग गर्न अस्ट्रेलिया सधैं तयार रहेको स्पष्ट पारे। प्रधानमन्त्री अल्बानिजले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्तामार्फत गहिरो समवेदना प्रकट गरेका छन्।
यो सन्देशलाई कठिन घडीमा मित्र राष्ट्रको साथको प्रतीक मानिएको छ।

प्रकाशित मिति : २०८३ भाद्र २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस