२०८३ भाद्र २३ गते मङ्गलवार | 2026 September 8th Tuesday

इजरायलका स्याहार केन्द्रमा १,४६४ नेपालीका लागि अवसर

काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका व्यक्तिको स्याहारका लागि १,४६४ सहायक कामदार माग गरिएको छ। वैदेशिक रोजगार विभागका अनुसार १,१३२ महिला र ३३२ पुरुष कामदार आवेदन दिन सक्नेछन्।

२५ देखि ४५ वर्ष उमेरका इच्छुकले भदौ २३ देखि असोज २६ राति ११:५९ बजेसम्म विभागको वेबसाइट ferms.dofe.go.np मार्फत आवेदन दिन सक्नेछन्। छनोट भएका कामदारले मासिक ६,४४३.८५ इजरायली मुद्रा तलबसहित ओभरटाइम सुविधा पाउनेछन्। सातामा ४२ घण्टा काम गर्नुपर्ने र एक दिन मात्र बिदा हुने व्यवस्था छ। वार्षिक बिदा इजरायली कानुनअनुसार हुनेछ।

बस्ने व्यवस्था कम्पनीले गर्ने भए पनि खर्च कामदारले आफैं व्यहोर्नुपर्नेछ भने खानाको व्यवस्था उपलब्ध हुने छैन।

 

 

प्रकाशित मिति : २०८३ भाद्र २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस