२०८३ भाद्र २७ गते शनिवार | 2026 September 12th Saturday

इन्जिनियर पौडेलसहित परिवारका ४ जना नै अस्ताए

काठमाडौं । भोटेकोसी बाढीपछि १६ दिनसम्म बेपत्ता रहेका बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर राजेश शर्मा पौडेल, उनकी पत्नी प्रमिला पाठक, ४ वर्षीय छोरा आदित्य र २ वर्षीया छोरी अदिति फेला नपरेपछि परिवारले बिहीबार हिन्दु परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ।

पौडेल परिवारका अभिभावकले फर्किने आशा मरेपछि यो निर्णय गरेका हुन्। राजेश पौडेल परिवारका एकमात्र छोरा रहेको आफन्ती विष्णु शर्माले बताए। यसैबीच, त्रिशूली–३ बी आयोजनासहित बागलुङ, तमानखोला, ढोरपाटन र गलकोटका १६ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २०८३ भाद्र २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस