२०८३ असोज ८ गते बिहिवार | 2026 September 24th Thursday

भारतले ३४ घण्टालाई खोल्यो धौलीगङ्गा बाँध

दार्चुला । भारतको उत्तराखण्डस्थित २८० मेगावाट क्षमताको धौलीगङ्गा जलविद्युत् परियोजनाले सिल्ट सफाइका लागि बाँधको ढोका ३४ घण्टासम्म खोल्ने भएको छ। असोज ११ गते राति १२ बजेदेखि असोज १२ गते बिहान १० बजेसम्म बाँध खुला रहने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
बाँध खोल्दा महाकाली नदीको जलसतह बढ्न सक्ने भएकाले प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र नदी किनारमा नजान आग्रह गरेको छ। विशेषगरी व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिका–३ लालीसम्मका बासिन्दालाई सुरक्षित स्थानमा बस्न भनिएको छ। महाकाली दार्चुलासहित बैतडी, डडेल्धुरा र कञ्चनपुर हुँदै बग्ने भएकाले नदी किनारका बासिन्दालाई पनि सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस