काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार १०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य दुई लाख ५२ हजार ४००रुपैयाँ तोकिएको हो ।
यता, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला चार हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०८३ असोज २६ गते सोमवार

