२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

बूढीगण्डकीमापनि हिमपहिरोले नदी थुनेर आएको रहेछ विनाशकारी बाढी

काठमाडौं । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गोरखाको बूढीगण्डकीमा आइतबार आएको बा`ढीको मुख्य कारण हिमपहिरो भएको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको छ।
केन्द्रका अनुसार अक्टोबर १० मा माथिल्लो क्षेत्रमा हिमपात भएको र त्यसपछि ठूलो हिमपहिरो वा चट्टानी पहिरो सुरु भएको देखिएको छ। स्याटेलाइट तस्बिर तथा भौगोलिक विश्लेषणले भी`षण हिमपहिरो वा लेदो पहिरोले वनस्पति र माटो बगाएर ल्याएको संकेत गरेको जनाएको छ।
बहावसँगै बगेको लेदो चुम्लिङ र रिप्चेत नजिकको दोभान क्षेत्रमा थुप्रिएर गेग्रानको ठूलो थुप्रो बनेको र त्यसले केही समयका लागि बूढीगण्डकीको प्राकृतिक बहाव अवरुद्ध गरेको केन्द्रको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति : २०८३ असोज २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस