काठमाडौं । अभिनेत्रीबाट राजनीतिज्ञ बनेकी स्मृति इरानीले आज ४६औं जन्मदिन मनाएकी छिन् ।

भारतीय संसदमा शक्तिशाली राजनीतिज्ञहरूको बीचमा, टिभी उद्योगकी इरानी गर्वका साथ आफ्नो शीर उठाएर आफ्ना कुराहरु राख्न डराउँदिनन् । उनको व्यक्तित्व आत्मविश्वासले भरिएको छ ।

उनको जीवन धेरै विशेष र दर्शनीय छ । चलचित्र जगतमा बुहारी ‘तुलसी’ बाट चर्चा पाएकी स्मृति इरानी आज मोदी सरकारमा मन्त्री छिन् । उनको करियर निकै सफल रह्यो ।

टिभीकी ‘तुलसी’ देखि मानव संसाधन, कपडा र महिला तथा बाल विकास मन्त्रालय सम्हाल्नेसम्मको यात्रा चर्चामा रह्यो ।

स्मृति इरानीले २३ मार्च (आज) आफ्नो ४६औं जन्मदिन मनाइन् । स्मृति इरानी पहिले र अहिलेको व्यक्तित्वमा धेरै भिन्नता छ । उनमा धेरै परिवर्तन आएको छ । तर उनीहरुका फ्यानहरुको भने कुनै कमी छैन ।

अहिले पनि अभिनेत्रीबाट राजनीतिज्ञ बनेकी उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । राजनीतिमा आउनुअघि स्मृति इरानीले मोडलिङ र टेलिभिजनको दुनियाँमा पनि काम गरिसकेकी छिन् ।

आजका चर्चित पोष्टहरु पढ्न लिंक क्लिक गर्नुहोस् ।

स्मृती इरानीको टेलिभिजन करियर सन् १९९८ मा मिस इन्डिया प्रतियोगिताको फाइनलमा पुगेपछि सुरु भएको थियो । सन् २००० मा स्मृति इरानीले टिभीमा डेब्यु गरेकी थिइन् । ‘क्युंकी सास भी कभी बहू थी’ मा उनको ‘तुलसी विरानी’ को भूमिका निकै रुचाइएको थियो ।

आज पनि यो दशकका मानिसहरूले उनलाई सोही चरित्रबाट चिन्छन् । ‘तुलसी’ को पात्रबाट फ्यान र दर्शकमाझ उनले रातारात जनताको मनमा स्थान बनाउन सफल भइन् ।

यस शोका लागि स्मृति इरानीले पाँचवटा इन्डियन टेलिभिजन एकेडेमी अवार्ड, चार इन्डियन टेलिभिजन अवार्ड र ८ स्टार परिवार अवार्ड जितिन् ।

त्यसपछि स्मृति इरानीले सन् २००१ मा पारसी व्यापारी जुबिन इरानीसँग विवाह गरिन् । विवाहपछि स्मृति इरानी राजनीतिमा आइन् । सन् २००३ मा स्मृति इरानी भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरिन् ।

त्यस क्रममा इरानी निकै बोल्ड र ज्वलन्त रुपमा चर्चामा आएकी थिइन् । उनी राजनीतिक सर्कलमा एकदमै नयाँ थिइन् । मन्त्री इरानी आफ्नो बुद्धिमत्ता र निर्णय क्षमताका कारण परिचित थिइन् । सन् २०१९ मा स्मृति इरानीले अमेठीबाट कांग्रेस नेता राहुल गान्धीविरुद्ध चुनाव लडेकी थिइन् । स्मृति इरानीको यो जित ऐतिहासिक थियो ।

यससम्बन्धि साथै अरु रोचक र चर्चित भिडियोहरु हेर्न चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् । विना कुनै इन्टरनेटको खर्चमा भिडियो अपलोड गर्नासाथ फ्री हेर्न च्यानल subscribe गर्नुहोला । नजिकै रहेको bell icon मा थिच्नुहोला ।

सम्बन्धित खबरहरु