काठमाडौं । मकवानपुर, रुकुम ( पश्चिम ), मोरङ, बर्दिया, काभ्रेपलाञ्चोक, रुपन्देही र सर्लाहीका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ मनकामना चोकस्थित सडकमा बा।९५ प ८५६१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-४ सिर्जनापथ डेरा गरी बस्ने जनकपुर घर भएका ३९ वर्षीय अन्जन कर्णको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार मृतककी श्रीमती ३२ वर्षीया कल्पना कर्ण र छोरा ११ वर्षीय आर्यन कर्णलाई थप उपचारको लागि जनकपुरतर्फ रिफर गरिएको छ ।

रुकुम (पश्चिम), आठबिसकोट नगरपालिका-११ छोटेटारमा लु.१ ज १८९७ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खसेर शनिबार साँझ दुर्घटना हुँदा चालक बाफिकोट गाउँपालिका-८ दुली बस्ने २६ वर्षीय प्रकाश घर्ती र जिपमा सवार सोही ठाउँ बस्ने २४ वर्षीय कबिराम बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नगर अस्पताल राडीमा उपचारको क्रममा मृत्यु भएको हो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

मोरङ, बेलबारी नगरपालिका-२ किस्ती खोलास्थित सडकमा ना.६ ख ५९३६ नम्बरको ट्रकमा हाल नम्बर नखुलेको मोटरसाइकल ठक्कर खाई शनिबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१० बस्ने ३५ वर्षीय रबिन चाम्लिङ राईकी छोरी २ वर्षीया दयानी राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार रबिन र उनकी श्रीमतीको अवस्था सामान्य रहेको छ । ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बर्दिया, बाँसगढी नगरपालिका-९ माछागढ चोकस्थित सडकमा सु.प.प्र.०१-००१ ख २५८२ नम्बरको बसले भे.११ प ७९५७ नम्बरको मोटरसाइकललाई शनिबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ५१ वर्षीय दिल बहादुर केसीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका-४ तामाघाटपुलमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सोही एरियामा मागी खाई हिँड्ने हाल नाम, थर, वतन नखुलेकी करिब ३२ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

रुपन्देही, सिद्धार्थनगर नगरपालिका-२ स्थित सडकमा यूपी ३२ एलपी २२७१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार भारत घर भएका ३० वर्षीय उज्जल सिंहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको अवस्था सामान्य रहेको छ ।

सर्लाही, धनकौन गाउँपालिका-५ छठीघाट पुलमा बीआर ०५ एआर ५१३७ नम्बरको कार आफैँ अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा कारमा सवार रौतहट वृन्दावन नगरपालिका-४ हरैया बस्ने ४ वर्षीय गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ७ जनाको एड्भान्स संजिवनी अस्पताल बरहथवामा उपचार भइरहेको छ । हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु