२०८२ मङ्सिर २० गते शुक्रवार | 2025 December 5th Friday

तनहुँमा देखियो यस्तो डरलाग्दो दृश्य, थाहा पाउँने सबैको होस उड्यो

काठमाडौं । पछिल्ला दिनहरुमा हत्या, हिंसा जस्ता घटनाहरु बढ्दै गइरहेका छन् ।

यो बीचमा तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या भएको छ ।

पहिचान नखुलेको व्यक्ति वा समूहले शाहीको ज्यान लिएको हो । शाहीको शव बन्दीपुर गाउँपालिका–४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो ।

डुम्रेबजारमा किराना पसल सञ्चालन गर्दै आउनुभएका शाही आइतबार रातिदेखि बेपत्ता हुनुभएको थियो । शाही खोजीका लागि परिवारले प्रहरीमा अनुरोध गरेको थियो । प्रहरी उपरीक्षक सिलवालका अनुसार मृतक शाहीको घाँटीमा धारिलो हतियारको चोट छ ।

सोमबार माछा मार्न जाने क्रममा स्थानीयवासीले शाहीको शव देखेपछि प्रहरीमा खबर गरेका थिए । शव परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीले सोमबार राति नै पोखराबाट तालीमप्राप्त कुकुर मगाएको छ । आर्थिक प्रलोभनका कारण शाहीको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।

“घटनाको अनुसन्धानका लागि कुकुरको सहयोगमा काम शुरु गरिसकेका छौँ”, प्रहरी उपरीक्षक सिलवालले भन्नुभयो, “शङ्का लागेका केही व्यक्तिमाथि पनि निगरानी बढाएका छौं ।”

यो घटनामा संलग्न जोसुकै भए पनि चाँडै कानूनको दायरामा आउने प्रहरी उपरीक्षक सिलवालले बताउनुभयो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रकाशित मिति : २०७६ साउन २८ गते मङ्गलवार