२०८२ फाल्गुन १३ गते बुधवार | 2026 February 25th Wednesday

सांसद सोविता गौतमले संसदबाटै उठाइन् विर्य र डिब्ब दानको विषय [ भिडियोसहित ]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले मुआब्जा विवादको समस्या समाधान गर्न विशिष्टीकृत संरचना बनाउनुपर्ने बताउनुभएको छ । आइतवार सरकारको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्दै सांसद गौतमले देशका विभिन्न आयोजनाहरू मुआब्जा विवादका कारण सम्पन्न हुन नसकेको भन्दै ती समस्याहरूलाई समाधान गर्न विशिष्टीकृत संरचना बनाउनुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘मुआब्जा विवादले धेरै आयोजनाहरू सम्पन्न हुन सकेका छैनन् । देशभर भएका यस्ता समस्याहरू सम्बोधन गर्न एउटा विशिष्टीकृत संरचना बनाइनुपर्छ भन्ने पनि सरकारको नीति तथा कार्यक्रममा आओस् ।’

सांसद गौतमले काठमाण्डौ क्षेत्र नम्बर २ मा रहेको साँखु र बज्रयोगिनीलाई विश्व सम्पदा सूचीमा समावेश गर्नसमेत आग्रह गर्नुभयो । विद्युतीय गाडीको प्रयोगलाई बढाउन होटल, राजमार्ग र विभिन्न ठाउँमा चार्जिङ सेन्टर स्थापना हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । उहाँले नेपालमा विर्य दान र डिब्ब दानको विषयलाईपनि कानूनी रुपमा व्यवस्थित गर्न माग गर्नभयो । विस्तार भिडियोमा सुन्नुहोस्

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस