२०८३ बैशाख २९ गते मङ्गलवार | 2026 May 12th Tuesday

झापाकी युवतीको पेन्टी खोलेर सेनेटरी प्याड चेक गर्दा प्रहरी नै चकित !

Ladies

झापा । झपाकी युवतीको सेनेटरी प्याड चेक गर्दा प्रहरी नै चकित भएको छ । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा सेनेटरी प्याडभित्र प्रतिबन्धित लागूऔषध ब्राउन सुगर लुकाएर लैजाने खोज्ने एक युवती पक्राउको क्रममा प्रहरी नै चकित बनेको हो ।

पक्राउ पर्नेमा झापा जिल्ला कमल गाउँपालिका– ७ घर भई हाल काठमाडौँ नारायण थान डेरा गरी बस्ने २६ वर्षीया एन्जल राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । शनिवार बिहान ११:०५ बजेको समयमा विमानस्थलमा खटिएका सुरक्षाकर्मीले शरीर चेकजाँच गर्ने क्रममा राईलाई १५ ग्राम ६६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। उनी यति एयरलाइन्स चढेर काठमाडौँ जान लागेकी थिइन्।

राईले लगाएको भित्रीबस्त्र (पेन्टी) मा प्याडको बीच भागमा प्लास्टिकमा पोको पारी ब्राउन सुगर लैजान खोजेकी थिइन् । उनको साथमा रहेको नागरिकता र रेडमी मोबाइलसमेत बरामद गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको डीएसपी रिजालले बताउनुभयो ।

यसअघि गत वैशाख २१ गते विमानस्थलबाटै प्याडभित्र ब्राउन सुगर लुकाएर लान खोज्दा मकवानपुर हेटौँडा उपमहानगरपालिका–१ घर भई झापाको मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ र सन्ध्या श्रेष्ठ पक्राउ परेका थिए। भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजबाट काठमाडौँ जाने क्रममा उनीहरू पक्राउ परेका थिए। उनीहरूको साथबाट ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो।

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस