२०८२ चैत्र १४ गते शनिवार | 2026 March 28th Saturday

मेयर बालेन शाह र पत्नी सविना काफ्ले बने बुबा-आमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र पत्नी सविना काफ्ले बुबा–आमा बन्नुभएको छ । उहाँहरुलाई पुत्रीलाभ भएको छ । मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिनुभएको हो ।

बालेन र सविनाबीच २०७४ साल फागुनमा विवाह भएको थियो । शनिबार मात्र मेयर शाहले श्रीमती सवार गाडीलाई ट्राफिक प्रहरीले रोकेको विषयमा सिंहदरबारमा आगो लगाइदिने भन्दै सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिनुभएको थियो ।

 

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस