२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

क्रिकेटर सन्दीप लामिछाने बलात्कार प्रकरण पर्नसक्ने देखियो भारी

sandeep lamichhane

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दाको फाइनल पेसी आगामी कार्तिक २३ गते तोकिएको छ । पटक–पटक स्थगित हुँदै आएको फाइनल पेसी कार्तिक २३ गते हुँदैछ । तर सन्दीपका मुख्य कानून व्यवसायी सरोज कृष्ण घिमिरे भने अनुपस्थित रहने सम्भावना रहेको छ । यसले बलात्कार प्रकरण क्रिकेटर सन्दीप लामिछानेका लागि भारी पर्न सक्ने देखिन्छ ।’

उनी देशबाहिर रहेकाले फाइनल बहसका लागि कार्तिक २३ गते हुने सुनवाईमा उपस्थित नहुने स्रोत बताउँछ । उनी हाल मानव अधिकार सम्बन्धी कार्यक्रममा भाग लिनका लागि स्विट्जरल्यान्डको जेनेभामा छन् ।’

उक्त कार्यक्रममा सहभागि भएपछि घिमिरे अर्को हप्ता फ्रान्सको पेरिसमा हुने अन्तर्राष्ट्रिय बार एशोसिएसनको वार्षिक साधारण सभामा भाग लिन त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । यस्तै पेरिस पछि बेल्जियम को ब्रसेल्स हुँदै संयुक्त अधिराज्यको लन्डनबाट बिभिन्न कार्यक्रममा सहभागिता पछि मात्रै उनी फर्किने छन् ।’

जसकारण अधिवक्ता घिमिरे सन्दीपको कार्तिक २३ गतेको पेसीमा सहभागि नहुने पक्का जस्तै छ । सन्दीपको अन्तिम पेसी अघि उनलाई नेपाल क्रिकेट संघले आगामी टी–२० विश्वकप छनोटका लागि टोलीमा समावेश गरेको छ। शनिबार क्यानले १५ सदस्य टोलीको घोषणा गरेको हो । उनले यसअघि त्रिकोणात्मक टी–२० सिरिजमा भने मानसिक स्वास्थ्यका कारण खेल्न असमर्थ रहेको भन्दै टिमबाट नाम फिर्ता लिएका थिए । नेपाल फाइनलमा यूएईसँग पराजित भएर सबै खेल जितेपनि ट्रफी भने गुमाउन पुग्यो ।’

 

प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस