२०८२ फाल्गुन २० गते बुधवार | 2026 March 4th Wednesday

हिजो बढेको सुनको मूल्य आज फेरि घट्यो

Today Gold price in Nepal

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।बुधबार चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस