काठमाडौं । भुटानका राजा नेपाल आएका छन् ।
भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक निजी भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन् ।
वाङचुकलाई परराष्ट्रमन्त्री डा.आरजू राणा देउवाले विमानस्थलमा स्वागत गरेकी थिइन् ।
रानी तेत्सुन पेमा वाङचुकसहित नेपाल आएङ्का उनी अहिले स्वयम्भू पुगेका छन् ।
विमानस्थलबाट सिधै स्वयम्भू गएर पुजापाठ गरेका भुटानी राजा त्याहाँबाट बौद्धनाथ स्तुपा जाने छन् ।
उनी आजै २:४० बजे भुटान फर्किने तालिका छ ।
भुटानका राजाको काठमाडौं आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।
प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार

