काठमाडौं । क्षमता उजागर र नेतृत्व कौशल विकाससँग सम्बन्धि अहिलेसम्मकै ठूलो तालिम नेपालमा हुने भएको छ । त्यसका लागि द सोल्टी होटल र प्रज्ञा प्रतिष्ठानका ठूला हल बुकिङ गरिएको छ । तालिमका लागि विश्व प्रसिद्ध प्रशिक्षक, प्रेरक वक्ता, लेखक एवं ३ वटा विधामा गिनिज बुक अफ वोल्ड रेकर्डस्मा नाम लेखाउन सफल चर्चित व्यक्तित्व डा. भुपेन्द्र सिह राठोरको नेपाल आगमन सुनिश्चित गरिएको छ ।
माघ १८ र १९ गते Unluck Your True Potential र Exclusive Leadership Program दुई फरक तालिममा राठोरले प्रशिक्षण दिने आयोजक ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपका अध्यक्ष हरिप्रसाद डुम्रेले जानकारी दिए ।
नेपाली उद्यमी, व्यवसायी एवं पेशाकर्मीहरुको नेतृत्व तथा व्यक्तित्व विकास तथा व्यवसायमा सकारात्मक वातावरण निर्माण गर्ने मुल उद्देश्य राख्दै मुलतः देशको अर्थतन्त्रमा टेवा पुर्याउने ध्ये यो तालिममा राखिएको छ पत्रकार सम्मेलनमा डुम्र्रेले भने ।
उद्यमी, व्यवसायी, बैंक तथा वित्तिय संस्था, बिमा कम्पनी, सहकारी, स्कूल, कलेज, विश्वविद्यालय, अन्य उद्योग व्यवसायका अध्यक्ष सञ्चालक तथा उच्च पदस्थ अधिकारीहरुलाई लक्षित यो कार्यक्रम व्यवस्थापकीय कौशलता नेतृत्व विकास व्यवसायिक रणनीतिहरुको अवलम्बन र निर्णय लिने क्षमता विकाससँग सम्बन्धित विषयमा केन्द्रीत रहनेछ ।
बदलिदो परिस्थिति अर्थतन्त्रमा परेको नकारात्मक असर यसका कारण समाधान व्यवसायलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउन नेतृत्वले लिने निर्णय कला समूह निर्माण साथै नयाँ उद्यम तथा व्यवसायको संचालन र व्यवसायलाई दीर्घकालिन रुपमा प्रगतिको पथमा कसरी लैजाने भन्ने विषयमा समेत हुने प्रशिक्षणले समग्र नेपाली उद्यमी तथा व्यवसायीहरुलाई बहुउपयोगी एवं लाभदायी हुने विश्वास आयोजकको छ ।

