काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सामान्य रुघाखोकी हुँदा पनि भेन्टिलेटर र अक्सिजन माक्स लगाएको झैं तस्वीर देखाइएकोमा गुनासो गरेका छन्।
आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिकामा प्रमुख प्रशासकीय भवन उद्घाटन कार्यक्रममा उनले आफू अहिले पनि कमजोर भए पनि अवस्था गम्भीर नभएको स्पष्ट पारे। ओलीले भने, “रुघाखोकी लागेको देख्नेबित्तिकै आईसीयूमा भेन्टिलेटर लगाएको फोटो आइहाल्छ। तर, त्यो आश पूरा हुने अवस्था छैन।”
चिकित्सकको सल्लाहमा केही समय आराम गरेका ओलीले एन्टिबायोटिकले आफूलाई कमजोर बनाएको बताए। “मेरो स्वास्थ्य अहिले राम्रै छ,” उनले थपे।
प्रकाशित मिति : २०८१ माघ १४ गते सोमवार

