२०८२ फाल्गुन २० गते बुधवार | 2026 March 4th Wednesday

यस्ता शर्त राखेर रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा

Rabi Lamichhane's Response After Release 'Justice Is Not Dead in This Country

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भोलि १० बजे उपस्थित हुने आदेश दिएको छ। अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार, अदालतले लामिछानेलाई श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश दिएको हो।

जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उक्त आदेश जारी गरेको छ। लामिछाने बुटवलको सुप्रिम सहकारीको रकम ठगी आरोपमा बयान दिन बिहीबार अदालत उपस्थित भएका थिए। मरासिनीका अनुसार, भोलि देखि उनका थुनछेक बहस शुरु हुनेछ।

लामिछानेसँगै छविलाल जोशी, जीबी राईसहित १४ अन्य पूरक अभियोगमा र २८ जनाविरुद्ध अघिल्लो मुद्दामा रुपन्देही अदालतमा मुद्दा दर्ता गरिएको छ।

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस