काठमाडौं। नेपाल सरकार गृह मन्त्रालयको २०८१ माघ २० गतेको निर्णयअनुसार, ३७ जना प्रहरी उपरीक्षकहरूलाई प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति गरिएको छ। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरे।
पदोन्नति पाउनेहरूमा कुलदिप चन्द, सुमित खड्का, ठाकुर प्रसाद पोखरेल, मनोहर प्रसाद भट्ट, दिपक गिरी, नबिन कृष्ण भण्डारी, तिलक भारती, केशब कुमार थेबे, सुर्य बहादुर खड्का, दिपक श्रेष्ठ, प्रेम बहादुर शाही, टेक बहादुर कार्की क्षेत्री, फणिन्द्र प्रसाई, शरत कुमार थापा क्षेत्री, युवराज खड्का, राजन चापागांई, किशोर कुमार श्रेष्ठ, मुकुन्द प्रसाद रिजाल, पवन कुमार भट्टराई, रविन्द्र नाथ पौडेल, दान बहादुर थापा, सुदिप राज पाठक, निशान थापा, कबित कटुवाल, रामेश्वर पौडेल, रूकेश तण्डुकार, दधिराम न्यौपाने, नबिन कार्की, श्याम कुमार सारुमगर, नरेन्द्र कुँवर, नारायण प्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्ली नारायण पाण्डेय, लालध्वज सुवेदी र रूगम बहादुर कुँवर रहेका छन्।
प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति पाउनेहरूलाई बधाई दिँदै उनीहरूको सफल कार्यकालको शुभकामना दिए। उनले पदोन्नतिसँगै बढेको दायित्व र जिम्मेवारीको बारेमा जानकारी दिँदै व्यक्तिगत महत्वकांक्षा भन्दा माथि उठेर संगठनको मूल्य र मान्यतालाई प्राथमिकतामा राख्न निर्देशन दिए।
समारोहमा पदोन्नति पाउनेहरूको तर्फबाट प्रहरी उपरीक्षक कुलदिप चन्दले संगठनको हितलाई केन्द्रमा राखेर निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, अन्य प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो।

