२०८२ फाल्गुन २० गते बुधवार | 2026 March 4th Wednesday

परराष्ट्रमन्त्री राणा र कतारी विदेशराज्यमन्त्रीबीच भेट, भयो विपिन रिहाइको कुरा

परराष्ट्रमन्त्री आरजु राणा देउवाले ओमनको मस्कटमा कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद अल मुराइखीलाई भेटेकी छिन्।

आठौँ हिन्द महासागरीय सम्मेलनका क्रममा भएको भेटमा नेपाल-कतार सम्बन्ध, द्विपक्षीय हित, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति र प्राविधिक जनशक्ति आदिबारे कुराकानी भएको छ।

देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरेकी छिन्। उनले इजरायल-हमास युद्धविराम र शान्तिवार्तामा कतारले खेलेको भूमिकाको प्रशंसा गर्दै विपिनको रिहाइका लागि सहयोग मागेकी हुन्।

यसअघि पनि उनले कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज अल-खुलाइफीसँग फोन वार्ता गर्दै सोही अनुरोध गरेकी थिइन्। नेपाल सरकारले २०२३ अक्टोबरदेखि नै विपिनको रिहाइका लागि कूटनीतिक पहल गरिरहेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस