२०८२ फाल्गुन २० गते बुधवार | 2026 March 4th Wednesday

पल शाहको फिल्म ‘मायाबी’ पोखरेली दर्शकले गरे बहिष्कार, सफाई पाइसकेको अभियोगलाई बनाए इश्यू

काठमाडौं । बुधबारदेखि रिलिज भएको अभिनेता पल शाह अभिनित फिल्म ‘मायाबी’ नहेर्ने भन्दै पोखरेली दर्शकले बहिष्कार गरेका छन् । यही कारण ‘मायाबी’ चलचित्र पोखराका मल्टिप्लेक्स हलहरूमा लगभग शुन्य भएको छ ।

केही हलमा त प्रदर्शन कन्टेनको समस्या भन्दै रोकिएको छ । कतिपयमा एउटा सिट बाहेक सबै खाली छन्। दर्शकको विरोधले बलियो सन्देश दिएको छ ।

पोखराकी एक गायिकालाई नाबालिग हुँदै गरेको दुश्कर्मलाई पोखरेलीले इश्यू बनाएका छन् । यद्यपी त्यो अभियोगबाट पल शाहले अदालतबाटै सफाई पाएका छन् । लभ स्टोरी कथामा बनेको फिल्ममा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ र नव–नायक समीम खानको मुख्य भूमिका छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस