२०८२ फाल्गुन २० गते बुधवार | 2026 March 4th Wednesday

माता पाथिभराको आँगन ताप्लेजुङ बजारमा रातिपनि तनाव : आन्दोलनकारी र प्रहरीबीच झडप

काठमाडौं । ताप्लेजुङको फुङलिङ बजारमा ‘नो केबुलकार’ समूह र प्रहरीबीच झडप भएको छ । झडपले ताप्लेजुङको फुङलिङ बजारको स्थिती रातिपनि तनाव बनेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार झडपमा परेर केही प्रहरी पनि घाइते भएका छन् । आन्दोलनकारी पक्षका व्यक्तिहरूले फुङलिङ बजारमा सर्वसाधारणकै घरमा आगोका राँको फाल्न थालेपछि अवस्था तनावग्रस्त बन्न पुगेको उनले बताइन् ।

‘आन्दोलनकारी पक्षका मान्छेहरू आज पदयात्रा गरेर बजारतिर झर्नुभएको रहेछ । त्यसपछि शान्तिपूर्ण रुपमा कोणसभा गर्ने भनेर उहाँहरूले भन्नुभएको थियो,’ सहायक सीडीओ खड्काले भनिन्, ‘तर, कोणसभा नगरी राँके जुलुस गर्नुभयो । त्यो राँको पनि सर्वसाधरणको घरमा फाल्न थाल्नुभयो । सोही क्रममा प्रहरीले प्रतिवाद गरेको हो ।’

प्रहरी सुरक्षाकर्मीको तर्फबाट ५–६ जना घाइते भएको र अन्य विवरण लिने क्रम जारी रहेको उनले बताइन् । ‘नो केवलकार’ अभियानका समर्थकहरूले मलास जुलुससहित प्रदर्शन गरेको र सुरक्षाकर्मीले बलिरहेको राँको नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस