मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) पतिपत्नी बीचको मधुर प्रेमाभावले दाम्पत्य जीवन सुखद हुनेछ । इष्टमित्र सहयोगी बन्नेछन् । बोलीमा मधुरता झल्कनेछ भने भाग्यशक्ति सुदृढ रहनेछ । धार्मिक चाहनाले थुप्रै तीर्थाटनको अवसर जुर्नेछ । पापीय मनोवृति बिस्तारै हट्दै जानाले मन प्रफूल्लित बन्नेछ । नोकरीमा ख्याति बढ्ने कार्यको सर्वत्र प्रशंसा होला । राजनीतिले समाजमा सुयोग्य र कर्मठ बनाउनेछ । व्यापार तथा शेयरबजारको नाफाले आर्थिक संकट निवारण गर्नेछ ।
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृड हुनेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदमअगाडि बढेर नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । वित्तीय बजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) बिहानको समय उत्तम रहेकाले बैंक तथा वित्तीय क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । मध्यान्हबाट साथीभाइ तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आए पनि फाइदाको लागि अलिक बढी मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) व्यापार, उद्योग तथा शेयरबजारमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेकोछ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरु लाभ हुनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरुभन्दा अगाडि बढ्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेकोछ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) पढाइ लेखाइमा उच्च स्तरको सफलता हात लाग्नेछ भने प्राविधिक शिक्षामा समय खर्चिनेहरुले राम्रो प्रगति गर्न सक्नेछन् । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ भने अग्रजहरुको सम्पत्ति प्रयोग गर्न पाइनेछ । नवीन विचारको प्रयोगमार्फत व्यवसायलाई बढाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने कार्यक्षेत्रमा तपाईंको कामको उच्च सम्मान गरिनेछ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुशी पार्न सकिनेछ । आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तीर्थ यात्राको प्रसस्त सम्भावना रहेकोछ । व्यापार तथा शेयरबजारमा लगानी बढाई प्रसस्त नाफा कमाउने समय रहेको छ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ । बिहानको समयमा आफन्त तथा दिदिबहिनीसँग बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) बिहानको समय राम्रो रहेकोले एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशी रहनेछन् । मध्यान्हबाट समय मध्ययम रहेकोले सोख तथा विलाशिताले खर्च बढाउनेछ भने आम्दानी कम हुनेछ । असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ, ध्यान दिनुहोला । आलश्य तथा अस्वस्थताले लक्ष्यमा बिलम्ब हुनेछ ।
बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) आफ्नै बलबुताले व्यापार वा शेयरबजारमा लगानी गरी मनग्गे धन सम्पत्ति संग्रह गर्न सकिनेछ । बिगतका कमजोरीलाई सुधार गर्दै सफलताको मार्गमा पाइला चाल्न सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात पार्न सकिने हुँदा आफन्त तथा साथीभाइहरु खुशी हुनेछन् । भौतक सम्पत्तिको प्रयोग गर्न पाइने तथा विलाशी वस्तुको उपयोगमार्फत अरुको मन आफुनिर तान्न सकिनेछ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) विवादित विषयबाट निचोड तपाईंकै पक्षमा आउने हुनाले खुशीले उचाई नाघ्नेछ । पढ्ने लेख्ने काममा अरुलाई पछि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरुबाट छुट्करा पाइने हुनाले मन प्रशन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ काम गर्न सकिनेछ । तपाईंसँग मनमुटावको भावना राख्ने तथा शत्रुता साध्नेहरु आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरु जुट्ने हुनाले व्यापार वा शेयरमा लगानी गर्न सकिनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) सवारी साधनको खरिद विक्रीबाट आम्दानी गर्न सकिनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगति देखेर मन रमाउनेछ भने वंश बृद्धिको गतिलो सम्भावना रहेकोछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुशी हुनेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ । आफुले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) बिहानको समय राम्रो रहेकोले पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरेर फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । सवारी साधनको व्यापार, शेयरबजारमा लगानी गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्वसाधारणसँग सन्तुतिल व्यवहार गर्नुहोला, काम बिग्रने हुदा मान सम्मानमा कमी आउनसक्छ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) काम देखाएरै अरुको मन लोभ्याउन सकिनेछ भने सानो काम गरी मनग्गे लाभ लिन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो सुधार भएर जानेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । आफन्तको निम्तो आउने तथा मांगलिक समारोहमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । बुद्धिको उपयोगले धन तथा भौतिक सम्पत्ति लाभ हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरुले साथ दिदा कामहरु समयमा नै सम्पन्न हुनेछन् ।

