२०८२ फाल्गुन २० गते बुधवार | 2026 March 4th Wednesday

२० रुपैयाँमा नेपाल टेलिकमको सिम

काठमाडौँ। नेपाल टेलिकमले २०८१ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरूका लागि विशेष अफर घोषणा गरेको छ। कम्पनीले परीक्षार्थीहरूलाई २० रुपैयाँमा सिमकार्ड उपलब्ध गराउनेछ, जसमा बोनस अन रिचार्जसमेत हुनेछ।

यस अफरको अवधि चैत १५ देखि असार ३०, २०८२ सम्म हुनेछ। नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट सिमकार्ड उपलब्ध गराइने छ। सिम सक्रिय गरेपछि ३० दिनसम्म विभिन्न अफरहरू उपलब्ध हुने टेलिकमले जनाएको छ।

परीक्षार्थीहरूले नयाँ सिममा ९.८० रुपैयाँ मेन बैलन्स राखेर कुनै पनि नेटवर्कमा कल, एसएमएस, र डाटा प्रयोग गर्न सक्नेछन्। यसका अतिरिक्त, ३० दिनसम्म नेपाल टेलिकम नेटवर्कभित्र २० मिनेट अन-नेट भ्वाइस सेवा, १० अन-नेट एसएमएस र ५०० एमबी डाटा समेत उपलब्ध हुनेछ।

नयाँ सिम प्राप्त गर्नका लागि परीक्षार्थीहरूले एसईई प्रवेश पत्र, कक्षा १० को मार्कसिट, फोटो र सरकारी परिचयपत्रको फोटोकपी सहित फाराम भर्नुपर्नेछ।

नेपाल टेलिकमद्वारा एसईई अफर घोषणा, २० रुपैयाँमा सिमकार्ड

प्रकाशित मिति : २०८१ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस