२०८२ फाल्गुन २० गते बुधवार | 2026 March 4th Wednesday

तीनकुने घटनामा सरकारलाई ठूलो झट्का : १० जना धरौटीमा छुटे (नामसहित)

काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा भाटभटेनी डिपार्टमेन्ट स्टोरमा लुटपाट गरेको आरोपमा पक्राउ परेका १० जना प्रतिवादीहरूलाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश पदमराज पाण्डेले बुधबार थुनछेक बहसपछि विभिन्न धरौटी रकम तोकेर उनीहरूलाई रिहा गर्न निर्देशन दिनुभएको हो।
– ७० हजार धरौटी: श्रवण कुमार लामा, समिर मगर
– ३५ हजार धरौटी: रविरन्जन कुमार सिंह, आशिक कुमार महतो, प्रेम कुमार महतो
– २० हजार धरौटी: गोविन्दा राय, सुशिला कुमाल, राधेश्याम यादव
– १० हजार धरौटी: एलिसा राई ‘लक्ष्मी’, दिनेश महतो
अभियोजन गरिएका ११ जनामध्ये निर्मला कार्की फरार रहेको जानकारी प्राप्त भएको छ

प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस