२०८२ फाल्गुन २० गते बुधवार | 2026 March 4th Wednesday

प्रधानमन्त्रीमा गगन थापाले खोजे देउवाको विकल्प

Gagan Thapa apologised, saying it was a serious mistake

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टी सभापति शेरबहादुर देउवा भन्दा कांग्रेसभित्र दर्जनौं नेताले राम्रो प्रधानमन्त्री चलाउन सक्ने दाबी गरेका छन्। शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेतृत्वको विषयमा वर्तमान भन्दा भविष्यप्रति सोच्नुपर्ने तर्क गरे।

‘आजको प्रश्नको उत्तर दिन नसक्ने मान्छे हिजो फर्किन्छ,’ भन्दै उनले देउवालाई संकेत गर्दै भने, ‘म अहिलेको मेरो पार्टीको सभापति भन्दा अबको १२–१५ महिनापछि उहाँ प्रधानमन्त्री हुने भन्नु प्रश्नको उत्तर होइन। उहाँभन्दा कांग्रेसभित्र दर्जनौं मान्छेले राम्रो प्रधानमन्त्री चलाउँछन् भन्नेमा म विश्वास गर्छु।’

त्यस अवसरमा थापाले नेपालको राजसंस्थालाई कहिल्यै पनि संवैधानिक बनाइन नसकिने बताए। संवैधानिक राजसंस्था र गणतन्त्र बीचको बहस नै गलत भएको उनले तर्क गरे।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई नामै लिएर थापाले चुनौती दिँदै भने, ‘यदि राजतन्त्र फर्काउनु छ भने सिधै मैदानमा आउनुपर्छ, अब सट्टापट्टको बार्गेनिङको कुरा नगरौं।’ उनका अनुसार नेपालमा अब स्पष्ट रूपमा गणतन्त्र रहने कि राजतन्त्र भन्ने विषयमै निर्णय लिनुपर्ने बेला आएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस