२०८२ पुष २९ गते मङ्गलवार | 2026 January 13th Tuesday

हाम्रो पृथ्वी भित्र के छ ?

"What’s Inside Our Earth?"

तपाईले कहिले सोच्नु भएको छ, हामी बसेको पृथ्वीभित्र के के छ ?

क्रस्ट
यो पृथ्वीको सबैभन्दा बाहिरी तह हो, जुन हामी बस्ने ठाउँ हो। यसले नै माहशागर र महादेश सतह बनाउँछ।

म्यान्टल
क्रस्टको मुनि म्यान्टल हुन्छ। जुन अति तातो हुन्छ । यो अर्ध द्रव अवस्थामा हुन्छ । जसले ज्वालामूखी फुट्छ ।

बाहिरी कोर
यो पग्लिएको फलाम र निकेलबाट बन्छ । जुन म्यान्टलको मुनि तरल अवस्थामा अत्याधिक तातोमा बस्छ । यसले पृथ्वीको चुम्बकीय क्षेत्र उत्पन्न गर्छ ।

आन्तरिक कोर
यो पृथ्वीको सबैभन्दा भित्रको र अत्यन्त तातो भाग हो । यो ठोस रहन्छ । मुख्यत फलाम र निकेलबाट बनेको हुन्छ । निकेल हेर्दा चम्किलो, चाँदीजस्तो सेतो धातु हो। यिनीहरुको तापक्रम सूर्यको सतह जति नै हुन्छ ।

खनिज
पृथ्वीभित्र अनेक प्रकारको खनिज तत्व हुन्छन् । आइरन, तामा, सुन र चाँदी पाइन्छ । जसको उपयोगको लागि उत्खनन गर्ने गरिन्छ ।

जलाशय
धर्तीभित्र पानीको भण्डार हुन्छ । जसलाई भूजल र जलभृत भन्ने गरिन्छ ।

तेल र प्राकृतिक ग्यास
पृथ्वीभित्र पेट्रोलियम ग्यास पनि पाइन्छ । यी वस्तुको उपयोग उर्जा र इन्धनको रुपमा गरिन्छ ।

जति जति हामी पृथ्वीको मुनि पुग्छौं त्यति तापक्रम बढ्दै जान्छ । पृथ्वी मुनिको तापक्रम हजार सेल्सियससम्म रहन्छ ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस