२०८२ फाल्गुन २० गते बुधवार | 2026 March 4th Wednesday

अमेरिकाबाट डिपोर्ट गरिएका दर्जनौं नेपाली आज काठमाडौं आइपुग्दै, संख्या अझै खुल्न बाँकी

Trump Furious with Colombia After Denying Aircraft Landing, Increases Tariff by 25%

काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका नेपाली नागरिकहरू आइतबार अपराह्न काठमाडौं आइपुग्ने भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले चार्टर्ड विमानमार्फत फर्काइएका नेपालीहरू आज सवा चार बजे काठमाडौं अवतरण गर्ने पुष्टि गरे। तर, कति जना नेपाली फर्काइएका हुन् भन्ने संख्या अझै निश्चित छैन।

अध्यागमन स्रोतका अनुसार सुरुमा ४८ जना नेपालीलाई डिपोर्ट गर्ने तयारी भए पनि केही रोकिएकाले करिब ४० जना मात्रै ल्याइएको हुन सक्ने अनुमान गरिएको छ।

यो विमानले विभिन्न देशका डिपोर्ट गरिएका नागरिकहरू छाड्दै काठमाडौं आइपुग्ने र त्यसपछि फर्किने तालिका रहेको छ।

सन् २०२५ को जनवरीदेखि मे महिनासम्म मात्रै अमेरिका सरकारले १४० जना नेपालीलाई डिपोर्ट गरिसकेको छ। यो अवधिमा मात्रै जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मेमा ५८ जना नेपाली फर्काइएका हुन्।

डिपोर्ट गरिने नेपालीहरूमध्ये धेरैजसोले दलाललाई मोटो रकम बुझाएर अमेरिका पुगेका थिए। अवैध प्रवेश, ओभर स्टे, वा अन्य इमिग्रेशन उल्लंघनका कारण उनीहरूलाई डिपोर्ट गरिएको हो। तर आज फर्काइएका नेपालीहरू कुन आधारमा डिपोर्ट गरिए भन्ने स्पष्ट विवरण भने अमेरिकी पत्रमा उल्लेख छैन।

फर्काइएका नेपालीहरूलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले सामान्य सोधपुछपछि घर पठाउने गरेको छ। दलालहरूविरुद्ध भने उजुरी परेमा मात्र अनुसन्धान प्रक्रिया अगाडि बढ्ने प्रचलन छ।

प्रकाशित मिति : २०८२ जेष्ठ २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस