काठमाडौं । गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्माविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
उनले गैरकानूनी सम्पत्ति आर्जन गरेर अस्वाभाविक रूपमा उच्च जीवनयापन गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पौडेल र उनका परिवारका सदस्यले ९ करोड ६६ लाख ८० हजार ६२० रुपैयाँ ४७ पैसा खर्च र लगानी गरेकोमा ३ करोड ३९ लाख ८७ हजार ४९० रुपैयाँ ६५ पैसा रकम गैर कानूनी रुपमा आर्जन गरेको भेटिएको हो ।
सार्वजनिक सेवामा रहेर गैरकानूनी सम्पत्ति आर्जन गरेको र उच्च जीवनयापन गरेको पुष्टि भएपछि पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०१७ अन्तर्गत अभियोग लगाउदैँ मुद्दा दायर गरिएको हो । साथै, उनले आफ्नो पत्नी हुमाकुमारी उपाध्यायको नाममा पनि अवैध सम्पत्ति राखेको पाइएको छ ।
पौडेललाई २०५४ सालदेखि २०८० सालसम्मको जागिरे जिवन अवधिमा बिभिन्न अस्वाभाविक अकुत सम्पत्ति कमाएको भेटिएको छ । अनुसन्धानका क्रममा उनले पारिश्रमिक, भत्ता, जग्गा बिक्री, कृषि आय, शेयर बिक्रि, बैंक ऋण फिर्ता जस्ता विभिन्न स्रोतबाट ठूलो रकम आर्जन गरेका छन् ।
त्यसैगरी, पौडेलको खर्च र लगानीको विश्लेषण गर्दा, उनले घरजग्गा खरिद, शैक्षिक खर्च, सवारी साधनको खरिद, सुन र बहुमुल्य धातुका गहना खरिद, र विभिन्न व्यक्तिहरूसँग ऋण सापटीको लेनदेनमा ठूलो रकम खर्च गरेको देखिन्छ। यो सब कुरा मिलाएर, यस तथ्यको पुष्टि भएको छ कि पौडेल र उनका परिवारले जाँच अवधिमा नौ करोड छैसठ्ठी लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेका थिए ।

