२०८२ पुष २७ गते आइतवार | 2026 January 11th Sunday

काठमाडौंका महानगर पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश

Balen Shah Pradip pariyar

काठमाडाैं । विशेष अदालतले सहसचिव एवं काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकिय अधिकृत प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

विशेष अदालतका सदस्यहरु तेज नारायण सिंह राई, राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले महानगरका कर्मचारीहरु बसन्त आचार्य र नमराज ढकाललाई ५०-५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

ठेक्का दिँदा कम रकम प्रस्ताव गरेकोलाई ठेक्का नदिइ बढी कबुल गर्नेलाई ठेक्का दिएको आरोपमा अख्तियारले उनीहरुमाथि भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : २०८२ असार २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस