२०८२ असोज १९ गते आइतवार | 2025 October 5th Sunday

नेकपा बहुमत निकट विद्यार्थी हडतालले विद्यालय बन्द

काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी संगठनले आह्वान गरेको आम शैक्षिक हडताल कारण आज केही विद्यालय र कलेज बन्द भएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्क्र विद्यार्थी युनियन (त्रान्तिकारी) ले निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने, शिक्षामा भइरहेको निजीकरण बन्द हुनुपर्ने र शिक्षा ऐन छिटो जारी गर्नुपर्ने लगायतका मागसहित आज एक दिन आम शैक्षिक हडताल घोषणा गरेको हो ।

हडताल घोषणा गरेका कारण काठमाडौं उपत्यकाभित्र र बाहिरका जिल्लामा विद्यालय बन्द छन् । काठमाडौंका कतिपय निजी विद्यालयले बिहीबार बेलुका अभिभावकहरूलाई एसएमएस पठाएर विद्यालय बन्द हुने जानकारी गराएका थिए । केहीले भने आन्तरिक परीक्षा सञ्चालन गरिरहेकाले विद्यालय खुला राखेका छन् ।

आज रुपन्देहीका सरकारी र निजी विद्यालय तथा कलेजहरू पनि बन्द रहेका छन् । कतिपयले विद्यालय तथा कलेज बन्द गरेर पढ्न पाउने हकबाट बञ्चित गराइएको भन्दै विरोध समेत गरेका छन् ।

प्रकाशित मिति : २०८२ साउन ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस