२०८२ कार्तिक ११ गते सोमवार | 2025 October 27th Monday

बाबा वेङ्गाको यही बर्षको अर्को भविष्यवाणी, पृथ्वी र आकाश नै फुट्दैछन् ?

काठमाडौं । बुल्गेरियाकी रहस्यमयी भविष्यवक्ता बाबा वेङ्गा आफ्ना भविष्यवाणिहरूका कारण चर्चित छिन्। उनलाई ‘बाल्कनकी नास्त्राडेमस’ पनि भनिन्छ। सन् १९९६ मा उनको मृत्यु भए पनि उनका कयौं भविष्यवाणिहरू समय–समयमा चर्चामा रहन्छन्। अहिले २०२५ को अगस्त महिनाका लागि गरिएको एक भविष्यवाणीले खुबै चर्चा पाएको छ, जसमा उनले “डबल फायर” को उल्लेख गरेकी थिइन्। उनले गरेको केही समय अघिको अहिलेसम्मकै ठूलो भूकम्पको भविष्यवाणीपनि मिलेपछि उनको चर्चा खुबै छ ।

बाबा वेङ्गाको डबल फायर भविष्यवाणी के हो ?
लिथुआनियाली समाचार वेबसाइटका अनुसार, बाबा वेङ्गाले सन् २०२५ को अगस्तमा “डबल फायर”—एक आकाशबाट र एक पृथ्वीबाट—हुने बताएकी थिइन्। यसको अर्थ अझै स्पष्ट छैन, तर केहीले यसलाई जंगलमा आगलागी वा ज्वालामुखी विस्फोटसँग जोडिरहेका छन्। अन्यले उल्कापिण्ड वा एस्ट्रोइड पृथ्वीमा ठोक्किन सक्ने सम्भावना पनि देखिरहेका छन्। बैज्ञानिकहरुले नै पनि एक उल्कापिण्ड तीव्र गतिमा पृथ्वीतर्फ आइरहेको दाबी गर्दै आएका छन् ।

अर्को रहस्यमयी भविष्यवाणी – हालको एआईपनि
बाबा वेङ्गाले अर्को भविष्यवाणीमा भनिन्, “मानवता त्यो ज्ञानको नजिक पुग्नेछ, जसले मानिसलाई नै चलाउने शक्ति राख्नेछ” । यसलाई बायोटेक्नोलोजी वा कृत्रिम बुद्धिमत्ता एआईसँग जोडेर हेर्नेहरू पनि छन्।

एलियनसँग सम्पर्कको भविष्यवाणी
बाबा वेङ्गाको अर्को भविष्यवाणीमा भनिएको छ, “जो एक ढिक्का हुँदै गएका छन्, तिनीहरु टुक्रा–टुक्रामा विभाजित हुनेछन् । प्रत्येक आ–आफ्नो बाटोमा लाग्नेछन्।” यसलाईपनि केहीले नाटो वा युरोपियन युनियनजस्ता संघहरूमा राजनीतिक तनावको संकेत मानेका छन्। साथै उनले २०२५ मा प्राकृतिक प्रकोपको वृद्धि, युरोपमा जनसंख्या घट्ने सम्भावना र एलियनसँग सम्भावित सम्पर्कको भविष्यवाणी पनि गरेकी थिइन्।

 

प्रकाशित मिति : २०८२ साउन २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस