काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ले नयाँ रेकर्ड बनाएको छ । सुुन आज तोलामा ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । यता, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३५५ रुपैयाँमा किनबेच भइरहेको हो ।
प्रकाशित मिति : २०८२ भाद्र १२ गते बिहिवार

